STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२४ घण्टामा थपिए ३१०६ जना संक्रमित, २३ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १६, शनिबार

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालमा ९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।

Categorized in स्वास्थ्य-मौसम