STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७८ आषाढ २७, आइतबार

    थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

    नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

  • २०७८ आषाढ २७, आइतबार

    ५५ वर्षमाथिकालाई जोन्सन एण्ड जोन्सन खोपमा प्राथमिकता

    सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार नेपाल आइपुग्यो । सोही दिन नै खोप प्रदेश प्रदेशमा पुर्‍याइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार खोप हेटौँडा, बुटवल र पोखरा पुर्‍याइएको छ । सोमबार अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप पनि नेपाल आउँदै छ । खोप प्राप्ति भएसँगै कुन उमेर समूह र कसलाई लगाउने भन्नेमा स्वास्थ्य मन्त्रालयले...

  • २०७८ आषाढ २६, शनिबार

    थप २१६९ जनामा संक्रमण पुष्टि, २२ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २१६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप १४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

  • २०७८ आषाढ २६, शनिबार

    राजदूत डा. शाक्यको पहलमा भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

    ईजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा ईजरायलबाट नेपाल पठाएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ । स्वास्थ्य सामाग्री तथा उपकरण लिन ईजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईट’ मार्फत ती सामग्रीसहित बिहीबार विहान ११ः १० बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ । विमानस्थलमा...

  • २०७८ आषाढ २६, शनिबार

    नेपालमा ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख डोज खोप आउने

    काठमाडौँ - आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’ अन्तर्राष्ट्रिय समाचार...

  • २०७८ आषाढ २४, बिहिबार

    १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २९ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५३७४ पीसीआर परीक्षण गर्दा १२१८ जना र ५१३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १२८६ जना निको भएका छन् ।

  • २०७८ आषाढ २४, बिहिबार

    आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा  मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । आज राति देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका...

  • २०७८ आषाढ २३, बुधबार

    देशभर २९७९ कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ७ हजार ८३५ नमुनाको पीसीआर गर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ को रिपोर्ट पोजिटिभ आएको छ ।...

  • २०७८ आषाढ १९, शनिबार

    थप २,३२८ जनामा कोरोना संक्रमण

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६...

  • २०७८ आषाढ १९, शनिबार

    आज देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन अनुरोध

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश २ र बागमती  प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । आज देशका अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी...

  • २०७८ आषाढ १८, शुक्रबार

    थपिए २२९९ संक्रमित, ३४ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ ।

  • २०७८ आषाढ १८, शुक्रबार

    आजको मौसम : अधिकांश स्थानमा पानी पर्ने, केही क्षेत्रमा भारी वर्षा

    मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा  मेघ गर्जनसहित भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ । आज देशभर बदली रही प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको जानकारी दिँदै महाशाखाले तराई भू-...

Pages