STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ जेठ १०, सोमबार

    दश हजार अक्सिजन सिलिण्डर सङ्कलन

    नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार  अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ ।  नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो ।  सोही  क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा...

  • २०७८ जेठ ९, आइतबार

    ७ हजार ९१४ जनामा संक्रमित थपिँदा १९३ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।...

  • २०७८ जेठ ८, शनिबार

    ८,९८० संक्रमित थपिँदा ८,८४८ जना संक्रमणमुक्त

    नेपालमा पछिल्लो २४ घण्टामा थप ८,९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५ हजार ६ सय ४३ संक्रमित थपिएका छन्। यस्तै साही अवधिमा ८,८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८,९८० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै यस अवधिमा १२९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान...

  • २०७८ जेठ ८, शनिबार

    भक्तपुरमा ९५ प्रतिशत संक्रमित होम आईसोलेसनमा, सङ्क्रमण र मृत्युदर बढ्दै

    भक्तपुरमा कोभिड– १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआईसोलेसनमा छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण भक्तपुरमा बिहीबार एकैदिन १४ जनाको ज्यान गयो । शुक्रबारसम्म २७१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै...

  • २०७८ जेठ ७, शुक्रबार

    थपिए ८६०७ संक्रमित, उपत्यकामा मात्र २ हजार ३४७ जना

    नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २३ हजार २२६ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ७५२, ललितपुरमा ४००, भक्तपुरमा २९५ जनामा कोरोना पुष्टि...

  • २०७८ जेठ ५, बुधबार

    एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

    काठमाडौं - आज देशभर ८१७३ कोरोना संक्रमित थपिएका छन् भने २१४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घन्टामा काठमाडौंमा थप १९ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २७० र भक्तपुरमा २२८ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै २४८६ जना थपिएको स्वास्थ्य...

  • २०७८ जेठ ५, बुधबार

    नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि

    काठमाडौं - नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १।६१७।२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १।६१७।२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा...

  • २०७८ जेठ ५, बुधबार

    थपिए ८२०३ जना संक्रमित, काठमाडौंमा मात्र २०४९ जना

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।   पछिल्लो २४ घण्टामा काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २७ हजार ३३९ नाघेको छ भने भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६...

  • २०७८ जेठ ४, मंगलबार

    जथाभावी आइसोलेसन सेन्टर नखोल्न मन्त्रालयको आग्रह

    काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत...

  • २०७८ जेठ ३, सोमबार

    थपिए ९ हजार २४७ कोरोना संक्रमित, २१४ संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिएका छन् । यसैगरी आज थप २१४ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...

  • २०७८ जेठ २, आइतबार

    थप ७३६८ जनामा कोरोना पुष्टि, ६६४८ जना संक्रमणमुक्त

    नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ  भने ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

  • २०७८ जेठ १, शनिबार

    ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार ९७१ जनाको पीसीआर गर्दा ८ हजार ४६ जनामा कोरोना पुष्टि भएको छ भने १२१ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । आज...

Pages