STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २४, बिहिबार

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा  मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ ।

आज राति देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ  । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने छ ।

अहिले देशभर बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ ।

त्यस्तै शनिबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा, भारी वर्षा र अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । पहाडी भू-भागमा बाढी-पहिरो तथा गेग्रान बहावका साथै नदीहरूमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Categorized in स्वास्थ्य-मौसम