STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देशभर २९७९ कोरोना संक्रमित थपिए

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २३, बुधबार

पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर ७ हजार ८३५ नमुनाको पीसीआर गर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ को रिपोर्ट पोजिटिभ आएको छ । अहिले देशभर २३ हजार ७ सय ५६ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.४९ प्रतिशत संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ९ हजार २९१ जनाको मृत्यु भइको छ ।

Categorized in स्वास्थ्य-मौसम