STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ बैशाख ६, सोमबार

    आजबाट दाेस्राे चरणकाे खाेप दिइने : कसले कुन दिन खाेप लगाउने थाहा पाउनुस्

    काठमाडौं - सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिबलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई...

  • २०७८ बैशाख ५, आइतबार

    एकैदिन १०९६ जनामा कोरोना संक्रमण, ११२ जना बालबालिकामात्र

    नेपालमा एकैदिन १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यी मध्ये १ सय १२ बालबालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । १९ वर्ष मुनिका १ सय १२ मध्ये ९ वर्षसम्मका २१ र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा संक्रमण भएको भेटिएको हो । यसअघि शनिबार ९१ बालबालिकामा कोरोना पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको...

  • २०७८ बैशाख ५, आइतबार

    वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    काठमाडौँ - सरकारले यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको...

  • २०७८ बैशाख २, बिहिबार

    कोरोना संक्रमण : काठमाडौं उपत्यकासहित १४ जिल्ला अति प्रभावित क्षेत्र

    काठमाडौँ - काठमाडौं उपत्यकाका तीन सहित १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको...

  • २०७८ बैशाख १, बुधबार

    थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै  २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७३,...

  • २०७८ बैशाख १, बुधबार

    काेराेनाको उच्च जोखिममा बालबालिका, एकैदिन ५२ बालबालिकामा संक्रमण

    काठमाडौं, वैशाख १ - पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ५२ जना बालबालिका छन् । ६ सय ३ जना मध्ये १७ वर्षमुनिका ५२ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यस्तै अस्पताल भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका छन् । मंगलबार पनि ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएकाले...

  • २०७७ चैत्र ३१, मंगलबार

    दाेस्राे चरणकाे खाेप वैशाख ७ गतेदेखि

    काठमाडौँ - पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ ।  गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले...

  • २०७७ चैत्र ३१, मंगलबार

    साेमबारमात्र पाँच सयबढीमा संक्रमण, काठमाडौंमा १५९ संक्रमित थपिए

    काठमाडौं - नेपालमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार मात्र ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो। लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार...

  • २०७७ चैत्र २७, शुक्रबार

    २५ भन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल,...

  • २०७७ चैत्र २५, बुधबार

    चीनले अनुदानमा दिएको खोप आज यी स्थानमा लगाइँदै

    काठमाडौँ - चीनले अनुदानमा दिएको खोप आजदेखि लगाइने भएको छ । यो खोप चीनमा छात्रवृत्तिमा पढ्ने विद्यार्थी, चीनमा पढ्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई लगाउने तयारी छ । सरकारले काठमाण्डौ उपत्यकाका १४ वटा...

  • २०७७ चैत्र २४, मंगलबार

    वायु प्रदूषण फेरि बढ्याे : बाहिर ननिस्कन सुझाव

    काठमाडौं - काठमाडौं सहित देशभर वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन...

  • २०७७ चैत्र २२, आइतबार

    युवक बौद्ध मण्डलको निःशुल्क आँखाजाँच शिविर

    काठमाडौं – युवक बौद्ध मण्डल नेपालको आयोजनामा मण्डलको भवन परिसरमा शनिबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । आँखा अस्पतालका प्राविधिक सहयोगमा सम्पन्न सो शिविरमा अनुभवी चिकित्सकहरुले २ सय ८७ जनाको आँखा जाँच गरेका थिए । तीमध्ये मोतियाबिन्दु देखिएका १० जनाको शल्यक्रिया आँखा अस्पताल त्रिपुरेशवरमा गरिने युवक बौद्ध मण्डल, स्वास्थ्य उपसमितिका संयोजक हेमरत्न वज्राचार्यले जानकारी दिएका छन् । समाजसेवी...

Pages