STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७८ जेठ ५, बुधबार

    एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

    काठमाडौं - आज देशभर ८१७३ कोरोना संक्रमित थपिएका छन् भने २१४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घन्टामा काठमाडौंमा थप १९ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २७० र भक्तपुरमा २२८ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै २४८६ जना थपिएको स्वास्थ्य...

  • २०७८ जेठ ५, बुधबार

    नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि

    काठमाडौं - नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १।६१७।२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १।६१७।२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा...

  • २०७८ जेठ ५, बुधबार

    थपिए ८२०३ जना संक्रमित, काठमाडौंमा मात्र २०४९ जना

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।   पछिल्लो २४ घण्टामा काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २७ हजार ३३९ नाघेको छ भने भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६...

  • २०७८ जेठ ४, मंगलबार

    जथाभावी आइसोलेसन सेन्टर नखोल्न मन्त्रालयको आग्रह

    काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत...

  • २०७८ जेठ ३, सोमबार

    थपिए ९ हजार २४७ कोरोना संक्रमित, २१४ संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिएका छन् । यसैगरी आज थप २१४ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...

  • २०७८ जेठ २, आइतबार

    थप ७३६८ जनामा कोरोना पुष्टि, ६६४८ जना संक्रमणमुक्त

    नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ  भने ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

  • २०७८ जेठ १, शनिबार

    ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार ९७१ जनाको पीसीआर गर्दा ८ हजार ४६ जनामा कोरोना पुष्टि भएको छ भने १२१ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । आज...

  • २०७८ जेठ १, शनिबार

    वैशाखमा थपिए डेढ लाख बढी संक्रमित, ६०८ जनाले गुमाए ज्यान

    वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । १ वैशाखसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो । सो संख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन् । १ वैशाखमा एकैदिन कोरोनाबाट ६०३ जना संक्रमित भएकामा आज एकैदिन संक्रमितको संख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना...

  • २०७८ बैशाख ३१, शुक्रबार

    कोरोना संक्रमणबाट थप २०३ जनाको मृत्यु, थप ८५२० जनामा संक्रमण पुष्टि

    नेपालमा कोरोना संक्रमणबाट थप २०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ६ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ५२०...

  • २०७८ बैशाख ३०, बिहिबार

    भेराेसिलकाे खाेपकाे दाेस्राे चरण जेठ २ गतेदेखि

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जानकारी दिएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई...

  • २०७८ बैशाख २९, बुधबार

    थप ९३०५ जनामा कोरोना पुष्टि, उपत्यकामा थपिए ३९ सय २४ जना, १६८ जनाको मृत्यु

    नेपालमा थप ९३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । यसैगरी विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४...

  • २०७८ बैशाख २९, बुधबार

    भक्तपुरका अस्पतालमा अक्सिजन सकियो, शय्यामा छट्पटाउँदै बिरामी

    भक्तपुरका अस्पतालहरूमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड– १९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ । जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या...

Pages