स्वास्थ्य-मौसम
-
२०७८ बैशाख २१, मंगलबार
एकैदिन ५५ जनाको मृत्यु, थप ७६६० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
-
२०७८ बैशाख २०, सोमबार
२४ घण्टामा हालसम्मकै धेरै ३७ जना संक्रमितको मृत्यु, सर्वाधिक ७ हजार ४ सय ४८ संक्रमित थपिए
नेपालमा आज थप कोरोना संक्रमित र मृत्यु हुने संख्यामा नयाँ रेकर्ड बनेको छ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ३७ जना संक्रमितको एकैदिन ज्यान गएको छ भने आजै सर्वाधिक ७ हजार ४ सय ४८ संक्रमित थपिएका छन् । योसँगै हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार ३ सय ६२ पुगेको छ भने हालसम्म संक्रमित हुनेहरुको कुल संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३...
-
२०७८ बैशाख १९, आइतबार
स्वास्थ्य संकटकाल’ लगाउने विषयमा स्वास्थ्य मन्त्रालयले गृहकार्य थाल्याे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ लगाउने विषयमा गृहकार्य थालेको छ । हो । ‘स्थिति जटिल छ । बिरामीले अस्पतालमा बेड नपाउने अवस्था छ’, मन्त्रालय स्रोतले भन्यो, ‘स्वास्थ्य संकटकाल लगाउन जरुरी छ । यसबारे मन्त्रालयले होमवर्क गरिरहेका छाैं ।’ निषेधाज्ञा लगाएर पनि महामारी नियन्त्रण गर्न कठिन बन्दै गएकाले स्वास्थ्य संकटकालको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने मन्त्रालयले तयारी गरेको हो...
-
२०७८ बैशाख १९, आइतबार
थप ७ हजार २११ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ३ हजार ५९५ जना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यीमध्ये काठमाडौं उपत्यकामा मात्र थप ३ हजार ५९५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप...
-
२०७८ बैशाख १८, शनिबार
एकैदिन ५७६३ जनामा संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा संक्रमण देदिएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्यमा हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो । संक्रिय...
-
२०७८ बैशाख १७, शुक्रबार
थपिए ५७ सय २७ कोरोना संक्रमित, उपत्यकामा मात्र २९ सय ५६ जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा ५७ सय २७ कोरोना संक्रमित थपिएका छन् । यसैगरी काठमाडौं उपत्यकामा मात्रै एकैदिन २९ सय ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २४ सय ४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा कोरोना संक्रमण देखिएको हो । आज काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित रूपन्देहीमा देखिएका छन् । यहाँ ४७३ जनामा कोरोना पुष्टि हुँदा बाँकेमा ४२२ संक्रमित थपिएका...
-
२०७८ बैशाख १७, शुक्रबार
आजको माैसम : बदली र हावाहुरीसहित पानी पर्न सक्ने
काठमाडौं - आज देशको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले सबैजसो पहाडी भूभागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ्गको समेत सम्भावना रहेको छ । तराईमा पनि आज आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षाको...
-
२०७८ बैशाख १६, बिहिबार
थपिए ४९२८ जना संक्रमित, थप ३५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी एकैदिन ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार २ सय ४६ पुगेको छ । १३ हजार ५ सय ६० जनाको कोरोना परीक्षण गर्दा आरटीपीसीआरबाट ४ हजार ८ सय ३१ र एन्टीजेन परीक्षणबाट ९७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै हालसम्म संक्रमित हुनेहरुको कुल संख्या ३ लाख १७ हजार ५ सय ३०...
-
२०७८ बैशाख १६, बिहिबार
उपत्यकासहित पहाडी क्षेत्रमा असिना पानी
काठमाडौँ - काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद्...
-
२०७८ बैशाख १६, बिहिबार
कोरोनाविरुद्धको चिनियाँ खोप लगाउने कार्य स्थगित
काठमाडौं - सरकारले तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य वैशाख १६ गते आजदेखि खोप लगाउने काम स्थगित गर्ने निर्णय गरेको हो । यस्तै, दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि तत्कालका लागि रोकिएको छ । परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले कोरोना संक्रमणको बढ्दो जोखिममा खोप...
-
२०७८ बैशाख १५, बुधबार
थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बुधबार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो ।
-
२०७८ बैशाख १३, सोमबार
थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १९१२ जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २९३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो...


