स्वास्थ्य-मौसम
-
२०७७ फाल्गुण २८, शुक्रबार
देशभरि कोरोना खोप अभाव
काठमाडौँ - देशका विभिन्न ठाउँमा कोरोनाविरुद्धको खोप अभाव भएको छ । यसले गर्दा दोस्रो चरणको खोप अभियान नै प्रभावित हुन थालेको छ । सरकारले गएको २३ गते देखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन थालेको छ । अहिलेसम्म ९ लाखभन्दा धेरै ज्येष्ठ नागरिकले खोप लगाएका छन् । यो अभियानमा सरकारले ६५ वर्षमाथिका झण्डै १७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेको थियो । तर, अपेक्षा गरिएअनुसार थप खोप नआउँदा...
-
२०७७ फाल्गुण २३, आइतबार
ललितपुरको १६ वडामा सञ्चालित स्वास्थ्य शिविरबाट ७ सय जना लाभान्वित
ललितपुर महानगरपालिका– १६ ले अरनिको समाजसंग मिलेर माघ १७ देखि फागुण २२ गते शनिबारसम्म प्रत्येक साता वडाका विभिन्न स्थानमा सञ्चालन गरेको शिविरबाट ७०० संख्यामा मानिसहरु लाभान्वित भएका हुन् । शनिबार ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालित शिविरमा ९० वर्ष नाघेका तीन जनासहित १ सय ६० जना लाभान्वित भएको वडाका सदस्य एवं ज्येष्ठ नागरिक समितिका संयोजक पञ्चबज्र बज्राचार्यले जानकारी दिए । मधुमेह, पिसाब, पेट...
-
२०७७ फाल्गुण २३, आइतबार
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजबाट, कोभ्याक्स आजै नेपाल आइपुग्ने
काठमाडौँ – कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट सुरु हुँदै छ । यसकाे साथै आजै कोभ्याक्स अन्तर्गतकाे पहिलो चरणको खोप आज नेपाल आइपुग्ने भएकाे छ । पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो । दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने छन् । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि...
-
२०७७ फाल्गुण १७, सोमबार
अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर कोरोनाविरुद्धकाे खोप दिइने
काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले आउँदो आइतवारदेखि ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने तयारी भएको बताए ।...
-
२०७७ फाल्गुण १५, शनिबार
खोप लगाएका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ
पाल्पा / पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा युनाइटेड मिसन अस्पतालमा कार्यरत एकजना डाक्टर तथा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको स्वास्थ्य संस्थामा कार्यरत एक जना पुरुष तथा एक महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना...
-
२०७७ फाल्गुण ११, मंगलबार
आठवटा कोरोना खोप भडारण गृह बनाउँदै सरकार
काठमाडौं – सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो । सोहीअनुसार प्रदेश नम्बर १ को विराटनगरस्थित...
-
२०७७ फाल्गुण ९, आइतबार
नेपालले किनेको कोरोनाविरुद्धको खोप आज आइपुग्ने
काठमाडाैं – नेपाल सरकारले किनेको कोरोना भाइरसविरुद्धको 'कोभिसिल्ड' खोपको पहिलो खेप आज काठमाडौं आइपुग्ने भएको छ । सरकारले भारतको सेरम इन्स्टिटुट अफ इन्डियाबाट उत्पादिन कोभिसिल्ड खोपको २० लाख डोज किन्न १७ फेब्रुअरीमा सम्झौता गरेको थियो । सम्झौताबमोजिमको पहिलो खेपमा १० लाख डोज खोप भोलि एयर इन्डियाको दिल्ली-काठमाडौं १:३० बजेको उडानमार्फत काठमाडौं आउने स्वास्थ्य तथ्या जनसंख्या मन्त्रालयका सहप्रवक्ता...
-
२०७७ फाल्गुण ८, शनिबार
अहिलेसम्म तीन लाख ४० हजार बढीले लगाए कोरोना खोप
काठमाडौँ - कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ । गएको आइतवारदेखि सुरु भएको यो अभियानमा पत्रकार, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइएको छ । यसअघि माघ २४ गते...
-
२०७७ फाल्गुण ६, बिहिबार
आजदेखि देशभर मौसम सफा हुने
काठमाडौँ – आज बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । बुधबार रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस प्रणाली...
-
२०७७ फाल्गुण ५, बुधबार
फागुन २३ गतेदेखि ६० वर्ष माथिकालाई कोरोना खोप दिइने
काठमाडौं – आगामी फागुन २३ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले फागुन २३ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या होलान्’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘२० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर...
-
२०७७ फाल्गुण ४, मंगलबार
नेपालमा प्रयाेग भइरहेकाे काेभिशिल्डलाई डब्लूएचओद्वारा आपत्कालीन प्रयाेगकाे लागि अनुमति
नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ । डब्ल्यूएचओले...
-
२०७७ फाल्गुण ४, मंगलबार
खोपको प्रभावकारिता ७८ प्रतिशत : सरकार
काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले साेमबार यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो...


