स्वास्थ्य-मौसम
-
२०७८ बैशाख २८, मंगलबार
२४ घण्टामा थप २ सय २५ जनाको मृत्यु , ९४८३ सङ्क्रमित थपिए
काठमाडौं - कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा...
-
२०७८ बैशाख २८, मंगलबार
उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने
काठमाडौं - सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सोबारे जानकारी दिएका हुन् । साथै, निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न निर्देशन दिएको अर्यालले बताए । संक्रमितहरूको चापलाई मध्यनजर गर्दै...
-
२०७८ बैशाख २७, सोमबार
थपिए ९२७१ जना कोरोना संक्रमित, थप १३९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४...
-
२०७८ बैशाख २७, सोमबार
आज केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ । आज राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्वी भू-भागनजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव...
-
२०७८ बैशाख २६, आइतबार
थपिए ८८५० जना कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
-
२०७८ बैशाख २५, शनिबार
थप ८४१८ जनामा कोरोना पुष्टि, थप ५३ जनाको संक्रमणबाट मृत्यु
पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्द सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । देशभर १७ हजार ३१५ जनाको पीसीआर गर्दा ८ हजार २८७ जनामा कोरोना संक्रमण देखिएको छ भने ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमणमुक्त...
-
२०७८ बैशाख २५, शनिबार
सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण
सोलुखुम्बुमा सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको हो । सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी...
-
२०७८ बैशाख २४, शुक्रबार
थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा...
-
२०७८ बैशाख २४, शुक्रबार
संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट मृत्यु
कोरोना भाइरसको संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत एक जना उपसचिवको मृत्यु भएको छ । तनहुँका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो । बुधबार स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले कानुन शाखाका उपसचिवको मृत्यु भएको पुष्टि गरे । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि शहीद...
-
२०७८ बैशाख २३, बिहिबार
९ हजार बढीमा कोरोना संक्रमण, ५४ को मृत्यु, उपत्यकामा मात्र ३ हजार ९७२ जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ७० मा कोरोना संक्रमण पुष्टि भएको छ भने ५४ संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं उपत्यकामा बिहीबार ३ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३ हजार १६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा अहिलेसम्म १ लाख ३६ हाजर...
-
२०७८ बैशाख २२, बुधबार
प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने
काठमाडौं - कोभिड–१९ संक्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरूपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ । गृह मन्त्रालयले ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरूपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको हो । गृह...
-
२०७८ बैशाख २२, बुधबार
विदेशबाट खोप ल्याउन कूटनीतिक पहल तीव्र
काठमाडौं - सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ । भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो । ‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने...


