STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २२, बुधबार

काठमाडौं - कोभिड–१९ संक्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरूपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ ।

गृह मन्त्रालयले ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरूपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरूपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिए ।

Categorized in स्वास्थ्य-मौसम