STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २४, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत एक जना उपसचिवको मृत्यु भएको छ ।

तनहुँका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो । बुधबार स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले कानुन शाखाका उपसचिवको मृत्यु भएको पुष्टि गरे । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि शहीद मेमोरियल अस्पतालमा भर्ना भएका थिए ।

ती उपसचिवमा मुटु र पत्थरीको समस्या रहेको बताइएको छ ।

Categorized in स्वास्थ्य-मौसम