STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ बैशाख १६, बिहिबार

    थपिए ४९२८ जना संक्रमित, थप ३५ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी एकैदिन ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार २ सय ४६ पुगेको छ । १३ हजार ५ सय ६० जनाको कोरोना परीक्षण गर्दा आरटीपीसीआरबाट ४ हजार ८ सय ३१ र एन्टीजेन परीक्षणबाट ९७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै हालसम्म संक्रमित हुनेहरुको कुल संख्या ३ लाख १७ हजार ५ सय ३०...

  • २०७८ बैशाख १६, बिहिबार

    उपत्यकासहित पहाडी क्षेत्रमा असिना पानी

    काठमाडौँ - काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद्...

  • २०७८ बैशाख १६, बिहिबार

    कोरोनाविरुद्धको चिनियाँ खोप लगाउने कार्य स्थगित

    काठमाडौं - सरकारले तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य वैशाख १६ गते आजदेखि खोप लगाउने काम स्थगित गर्ने निर्णय गरेको हो । यस्तै, दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि तत्कालका लागि रोकिएको छ । परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले कोरोना संक्रमणको बढ्दो जोखिममा खोप...

  • २०७८ बैशाख १५, बुधबार

    थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बुधबार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

  • २०७८ बैशाख १३, सोमबार

    थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १९१२ जनामा संक्रमण

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २९३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो...

  • २०७८ बैशाख १२, आइतबार

    थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र १४९८ जना संक्रमित

    पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप २८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी...

  • २०७८ बैशाख ११, शनिबार

    थपिए २६१८ संक्रमित

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । आज ७ हजार ५२५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६ महिला र १ हजार ४८० पुरुष गरी २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनाको...

  • २०७८ बैशाख १०, शुक्रबार

    मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका कोरोना हटस्पट बन्दै

    भक्तपुरका चार नगरपालिकामध्ये दुई नगरमा कोरोना भाइरस संक्रमणका दृष्टिले हटस्पट बन्ने खतरा बनेका छन्। मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका कोरोना भाइरस संक्रमण हटस्पट भन्ने दिशातिर अघि बढेका हुन्। स्वास्थ्य कार्यालय भक्तपुरकाअनुसार पछिल्लो समय मध्यपुर थिमि र सूर्यविनायक नपाका कोरोना भाइरस संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ। कार्यालय प्रमुख कृष्ण मिजारले संक्रमण नियन्त्रण र व्यवस्थापनमा कडाइ...

  • २०७८ बैशाख ९, बिहिबार

    थपिए २४ सय २८ कोरोना संक्रमित, काठमाडौंमा मात्र ९८७ जना

    नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दश हजार १ नमूनाको पिसिआर परीक्षण र ४४७  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा...

  • २०७८ बैशाख ८, बुधबार

    उपत्यकाका १०५१ सहित देशभर थपिए २३५१ संक्रमित

    काठमाडौं उपत्यकामा १ हजार ५१ जनासहित नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ । उनका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५१ जनामा संक्रमण देखिएको छ । आज ललितपुरमा १८१, भक्तपुरमा ८४ र काठमाडौंमा ७८६ जनामा कोरोना देखिएको छ । ८ हजार ८४४ पीसीआर गर्दा २ हजार २२० र ८०३ एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए...

  • २०७८ बैशाख ७, मंगलबार

    थपिए १७३६ जना संक्रमित, १९३ जना बालबालिकामात्रै

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये १ सय ९३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ वर्षमुनिका ४३ र १० देखि १९ वर्ष उमेर समूहका १ सय ५० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा धेरै काठमाडौंमा ५५० जनालाई कोरोना देखिएको छ । त्यसपछि बाँकेमा २६९, ललितपुर र रूपन्देहीमा १०५/...

  • २०७८ बैशाख ६, सोमबार

    काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै देशभर थप १ हजार २ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

Pages