स्वास्थ्य-मौसम
-
२०७८ जेठ १४, शुक्रबार
मौसम : आज केही स्थानमा भारी वर्षा हुने
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । त्यस्तै ती क्षेत्रमा उच्च बेगको हावाहुरी चल्ने तथा केही स्थानमा अती भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले यास् (YAAS) चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर बनेको न्यून चापीय क्षेत्रको प्रभाव...
-
२०७८ जेठ १३, बिहिबार
यास चक्रवातको आंशिक प्रभाव आज पनि रहने, देशभर बदली हुने
हाल नेपालको मौसममा बंगालको खाडीमा रहेको यास (YAAS) नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशका अधिकांश स्थानमा बदली भइरहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै प्रदेश १, प्रदेश २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज देशभर बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीलगायत प्रदेशका केही...
-
२०७८ जेठ १२, बुधबार
थपिए ६७१४ संक्रमित, उपत्यकामा संक्रमित घट्दै
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालाबाट १९ हजार ३० नमुना पीसीआर विधिबाट र ३२२ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । पीसीआर गर्दा ६ हजार ६७७ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै आज १४५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ भने ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।...
-
२०७८ जेठ १२, बुधबार
छत्रपाटीमा कोभिड विशेष अस्पताल सञ्चालन
काठमाडौँ महानगरपालिकाको सहयोगमा छेत्रपाटी निःशुल्क चिकित्सालयले बुद्ध बार देखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगरपालिका र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरपालपकाले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७०० र सञ्चालन खर्चबापत मासिक करीब रु ४८ लाख १६ हजार ६००...
-
२०७८ जेठ ११, मंगलबार
८६३६ कोरोना संक्रमित थपिए, १६९ को मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय...
-
२०७८ जेठ ११, मंगलबार
कोरोना उपचारमा थप ३१ अर्ब ६० करोड ऋण
काठमाडौँ - कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए। यसअघि नै कोभिड १९...
-
२०७८ जेठ १०, सोमबार
थपिए ७४२५ संक्रमित, १८५ जनाको मृत्यु
नेपालमा थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षण थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी २ हजार ७८५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना कोरोनाका नयाँ...
-
२०७८ जेठ १०, सोमबार
दश हजार अक्सिजन सिलिण्डर सङ्कलन
नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ । नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा...
-
२०७८ जेठ ९, आइतबार
७ हजार ९१४ जनामा संक्रमित थपिँदा १९३ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।...
-
२०७८ जेठ ८, शनिबार
८,९८० संक्रमित थपिँदा ८,८४८ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा थप ८,९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५ हजार ६ सय ४३ संक्रमित थपिएका छन्। यस्तै साही अवधिमा ८,८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८,९८० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै यस अवधिमा १२९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान...
-
२०७८ जेठ ८, शनिबार
भक्तपुरमा ९५ प्रतिशत संक्रमित होम आईसोलेसनमा, सङ्क्रमण र मृत्युदर बढ्दै
भक्तपुरमा कोभिड– १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआईसोलेसनमा छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण भक्तपुरमा बिहीबार एकैदिन १४ जनाको ज्यान गयो । शुक्रबारसम्म २७१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै...
-
२०७८ जेठ ७, शुक्रबार
थपिए ८६०७ संक्रमित, उपत्यकामा मात्र २ हजार ३४७ जना
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २३ हजार २२६ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ७५२, ललितपुरमा ४००, भक्तपुरमा २९५ जनामा कोरोना पुष्टि...


