STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ७४२५ संक्रमित, १८५ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १०, सोमबार

नेपालमा थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षण थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी २ हजार ७८५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना कोरोनाका नयाँ संक्रमित भेटिएको उनले बताए ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार सोमबार ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Categorized in स्वास्थ्य-मौसम