STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

८,९८० संक्रमित थपिँदा ८,८४८ जना संक्रमणमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ८, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८,९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा ५ लाख ५ हजार ६ सय ४३ संक्रमित थपिएका छन्।

यस्तै साही अवधिमा ८,८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८,९८० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै यस अवधिमा १२९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ।

आज उपत्यकाभर थप २,३२८ जना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा थप १८११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।

Categorized in स्वास्थ्य-मौसम