STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ८६०७ संक्रमित, उपत्यकामा मात्र २ हजार ३४७ जना

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ७, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २३ हजार २२६ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ७५२, ललितपुरमा ४००, भक्तपुरमा २९५ जनामा कोरोना पुष्टि भएको हो ।

आज उपत्यकामा ३३ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा २२ हजार १९३ ललितपुरमा ६ हजार ८५६ र भक्तपुरमा ४ हजार ८६४ सक्रिय संक्रमित रहेका छन् । आज देशभर १ लाख १६ हजार १९२ सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ छ ।

त्यस्तै, आज ७ हजार ८९० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ । आज देशभर १ लाख १६ हजार १९२ सक्रिय संक्रमित छन् ।

आज थप १७७ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम