STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यास चक्रवातको आंशिक प्रभाव आज पनि रहने, देशभर बदली हुने

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १३, बिहिबार

हाल नेपालको मौसममा बंगालको खाडीमा रहेको यास (YAAS) नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले देशका अधिकांश स्थानमा बदली भइरहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै प्रदेश १, प्रदेश २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज देशभर बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ । त्यस्तै प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली तथा उच्च पहाडी भू-भागमा हिमपात हुने छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित पानी पर्ने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली तथा उच्च पहाडी भू-भागमा हिमपात हुने सम्भावना छ ।

त्यस्तै शनिबार देशभर बदली रही केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली तथा उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना छ ।

Categorized in स्वास्थ्य-मौसम