STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मौसम : आज केही स्थानमा भारी वर्षा हुने

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १४, शुक्रबार

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । त्यस्तै ती क्षेत्रमा उच्च बेगको हावाहुरी चल्ने तथा केही स्थानमा अती भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले यास् (YAAS) चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

अहिले देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आज देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा अति भारी वर्षा र उच्च बेगको हावाहुरि चल्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हिमपात तथा वर्षा हुने छ । त्यस्तै गण्डकी, बागमती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमारी भेगमा भारी हिमपातको सम्भावना छ ।

भोलि देशभर बदली रही केही स्थानमा वर्षा हुने छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

Categorized in स्वास्थ्य-मौसम