STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ६७१४ संक्रमित, उपत्यकामा संक्रमित घट्दै

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १२, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालाबाट १९ हजार ३० नमुना पीसीआर विधिबाट र ३२२ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

पीसीआर गर्दा ६ हजार ६७७ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै आज १४५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ भने ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ । गएका दिनहरुभन्दा उपत्यकामा आज कम मात्र संक्रमित देखिएका छन् । मंगलबारभन्दा बुधबार कोरोना संक्रमितको संख्यामा कमी आएको हो । मंगलबार काठमाडौंमा मात्र १८६३ जनामा कोरोना पुष्टि भएको थियाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका छ ।

 

Categorized in स्वास्थ्य-मौसम