स्वास्थ्य-मौसम
-
२०७८ जेठ २५, मंगलबार
६० देखि ६४ बर्ष उमेर समूहका एक लाख महानगरवासीलाई भेरोसेल खोप लगाउने
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आजबाट सुरु हुने गरी ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताउनु भएको छ । उहाँको अनुसार काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा खोप अभियान सञ्चालन भएको छ भने नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको...
-
२०७८ जेठ २३, आइतबार
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने तयारी
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र अरू कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन आवश्यक तयारी थालेकाे छ । मन्त्रालयले सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालय र पालिकाहरूलाई पत्र पठाएर विवरण मागेको हो । पत्रमा आइसोलेशन सेन्टर, प्रयोगशाला, अस्पतालहरूलाई कोरोना उपचार गर्ने सम्झौता वा...
-
२०७८ जेठ २२, शनिबार
५०४२ संक्रमित थपिँदा ८२४३ जना कोरोना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।
-
२०७८ जेठ २०, बिहिबार
अमेरिकाले नेपाललाई कोरोना खोप दिने
अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको छ । 'अमेरिकी विदेश मन्त्रालयले जानकारी गराएको छ', परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, 'कति मात्रा दिने हो त्यो खुलाएको छैन ।' मन्त्री ज्ञवालीका अनुसार अमेरिकाले कुल ८ करोड बाँढ्नेमध्ये अहिले २ करोड ५० लाख डोजको घोषणा गरेको छ । त्यसमध्ये अमेरिकी मुलुकलाई ७० लाख, एसियामा करिब ७० लाख र अफ्रिकी देशमा ५० लाख बाँढ्ने छ । 'यसमध्ये नेपाले...
-
२०७८ जेठ २०, बिहिबार
थपिए ६८२५ संक्रमित, ५९०४ संक्रमणमुक्त
बिहीबार ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ छ। २१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्। कोरोनाबाट पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै अहिलेसम्म कोरोनाबाट नेपालमा सात हजार छ सय ३० जनाको मृत्यु भएको छ...
-
२०७८ जेठ १८, मंगलबार
सङ्क्रमण मुक्त दर ८० प्रतिशत, ६८९८ जना सङ्क्रमणमुक्त
काठमाडौं - नेपालमा कोभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ । यस्तै गएको २४ घण्टामा २० हजार एक सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको...
-
२०७८ जेठ १८, मंगलबार
कोरोना भाइरसका भेरियन्टहरुको नामाकरण : नेपालमा भेटिएको भेरियन्ट "डेल्टा"
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका नयाँ भेरियन्टहरूको नामाकरण गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरू निस्कन थालेपछि डब्लूएचओले तीनको नामाकरण गर्ने प्रणालीको घोषणा गरेको हो । जसअनुसार अब यूके भेरियन्टलाई अल्फा, दक्षीण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिने बीबीसीले जनाएको छ । डब्लूएचओले भारतमा भेटिएको B.1.617.2 भेरियन्टलाई ‘डेल्टा’ र अर्को भेरियन्ट B.1.617.1 लाई ‘कप्पा...
-
२०७८ जेठ १७, सोमबार
आज देशभर बदली, बागमती प्रदेशमा भारी वर्षा हुने
मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही केही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश...
-
२०७८ जेठ १६, आइतबार
कोरोना सङ्क्रमण र मृत्युदर घट्दै
काठमाडौँ - पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७...
-
२०७८ जेठ १६, आइतबार
थप ४३६९ जनामा संक्रमण, ६२०५ जना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घन्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएका १० हजार ९८६ नमूनाको पीसीआर र १ हजार ७८४ नमूनाको एन्टिजेन विधिबाट ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमित १ लाख ८ हजार ८९७...
-
२०७८ जेठ १४, शुक्रबार
एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभर झरी पर्ने
काठमाडौं - देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार इलाम, सप्तरी, महोत्तरी, मकवानपुर, चितवन, नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परेको छ । नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले त्यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । यस्तै सप्तरी,...
-
२०७८ जेठ १४, शुक्रबार
९,८४१ संक्रमणमुक्त हुँदा ६,९५१ जना संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी...


