STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज देशभर बदली, बागमती प्रदेशमा भारी वर्षा हुने

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १७, सोमबार

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही केही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश भू-भागमा बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि देशका अधिकांश भू-भागमा बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । राति प्रदेश १ का केही भू-भागमा वर्षा हुने छ ।

त्यस्तै बुधबार देशका अधिकांश भू-भागमा बदली रही केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

Categorized in स्वास्थ्य-मौसम