STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकाले नेपाललाई कोरोना खोप दिने

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २०, बिहिबार

अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको छ ।

'अमेरिकी विदेश मन्त्रालयले जानकारी गराएको छ', परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, 'कति मात्रा दिने हो त्यो खुलाएको छैन ।'

मन्त्री ज्ञवालीका अनुसार अमेरिकाले कुल ८ करोड बाँढ्नेमध्ये अहिले २ करोड ५० लाख डोजको घोषणा गरेको छ । त्यसमध्ये अमेरिकी मुलुकलाई ७० लाख, एसियामा करिब ७० लाख र अफ्रिकी देशमा ५० लाख बाँढ्ने छ ।

'यसमध्ये नेपाले कति पाउँछ त्यो उल्लेख गरिएको छैन,' उनले भने । अमेरिकाले सहायतामा खोप उपलब्ध गराउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणालाई स्वागत गरेका छन् । उनले ट्विटरमार्फत खोप उपलब्ध गराउने घोषणा गरेकोमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिएका छन् ।

Categorized in स्वास्थ्य-मौसम