relans
ni new 83
nib 2082 5

थपिए ६८२५ संक्रमित, ५९०४ संक्रमणमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २०, बिहिबार

बिहीबार ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ छ।

२१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्।

कोरोनाबाट पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै अहिलेसम्म कोरोनाबाट नेपालमा सात हजार छ सय ३० जनाको मृत्यु भएको छ।

यसैगरी काठमाडौंमा पछिल्लो २४ घण्टामा एक हजार छ सय ३० जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाभित्रका तीन जिल्लामा कूल २ हजार ५७ जना कोरोना संक्रमित थपिएका छन्।

ललितपुरमा दुई सय ९८ र भक्तपुरमा एक सय २९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Categorized in स्वास्थ्य-मौसम
ppp 2