STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ४३६९ जनामा संक्रमण, ६२०५ जना संक्रमणमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १६, आइतबार

काठमाडौं - पछिल्लो २४ घन्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। 

विभिन्न प्रयोगशालामा गरिएका १० हजार ९८६ नमूनाको पीसीआर र १ हजार ७८४ नमूनाको एन्टिजेन विधिबाट ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमित १ लाख ८ हजार ८९७ जना रहेका छन्। यस्तै पछिल्लो २४ घन्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ८०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै आज उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

Categorized in स्वास्थ्य-मौसम