STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २३, आइतबार

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र अरू कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन आवश्यक तयारी थालेकाे छ ।

मन्त्रालयले सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालय र पालिकाहरूलाई पत्र पठाएर विवरण मागेको हो ।

पत्रमा आइसोलेशन सेन्टर, प्रयोगशाला, अस्पतालहरूलाई कोरोना उपचार गर्ने सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरूको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिस्ट र ड्युटीमा खटिएकाहरूको मात्र तलबी भर्पाइ एक हप्ताभित्र उपलब्ध गराउन भनिएको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा अरू कर्मचारीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

Categorized in स्वास्थ्य-मौसम