STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना भाइरसका भेरियन्टहरुको नामाकरण : नेपालमा भेटिएको भेरियन्ट "डेल्टा"

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १८, मंगलबार

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका नयाँ भेरियन्टहरूको नामाकरण गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरू निस्कन थालेपछि डब्लूएचओले तीनको नामाकरण गर्ने प्रणालीको घोषणा गरेको हो ।

जसअनुसार अब यूके भेरियन्टलाई अल्फा, दक्षीण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिने बीबीसीले जनाएको छ ।

डब्लूएचओले भारतमा भेटिएको B.1.617.2 भेरियन्टलाई ‘डेल्टा’ र अर्को भेरियन्ट B.1.617.1 लाई ‘कप्पा’ नाम दिइएको छ । नेपालमा पनि उक्त भेरियन्ट फेला परेको छ ।

जसका कारण नेपालमा भेटिएको भेरियन्टलाई पनि डेल्टा भन्नुपर्ने जानकारहरू बताउँछन् ।

Categorized in स्वास्थ्य-मौसम