स्वास्थ्य-मौसम
-
२०७८ आषाढ १६, बुधबार
आज केही स्थानमा भारी वर्षा हुने
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा सोही प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षा हुने जनाएको छ । आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको...
-
२०७८ आषाढ ११, शुक्रबार
भेरासेल खोपको दोस्रो डोज असार २२ गतेदेखि
चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको भेरासेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ । भेरासेल खोपको पहिलो डोज लगाएकालाई असार २२ देखि दोस्रो डोज लगाइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई भेरासेल खोपको पहिलो मात्रा लगाइएको थियो । पहिलो डोज खोप लगाएका ३ लाख ७० हजारलाई दोस्रो मात्रा लगाउन लागिएको हो । त्यस्तै...
-
२०७८ आषाढ ८, मंगलबार
थप ४५२२ जनामा कोरोना पुष्टि, ४९५४ संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४९५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ ।
-
२०७८ आषाढ ८, मंगलबार
नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको स्वास्थ्य मन्त्रालयको दावी
काठमाडौ - कोरोनाको नयाँ भेरियन्ट नेपालमा फैलिएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत महिना वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय...
-
२०७८ आषाढ ६, आइतबार
अब संक्रमणदर २१.३ प्रतिशत मात्र
काठमाडौं - पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार अब संक्रमणदर २१.३ प्रतिशत छ । मन्त्रालयकाअनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको...
-
२०७८ आषाढ ५, शनिबार
विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता
सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल,...
-
२०७८ आषाढ ४, शुक्रबार
२७ सय संक्रमित थपिँदा ४ हजार निको भए
नेपालमा पछिल्लो २४ घण्टामा २७ सय ६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा अहिलेसम्म पीसीआरमार्फत ६ लाख १७ हजार ९४७ र एन्टिजेन विधिमार्फत २४ हजार ८६१ जनामा कोरोना संक्रमण देखिए छ । आज देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ । आज...
-
२०७८ आषाढ १, मंगलबार
अबको तीन दिन देशैभर पानी पर्ने
काठमाडौं -देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताए । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार यी प्रदेशका धेरै...
-
२०७८ जेठ ३१, सोमबार
५१ सय जना संक्रमण मुक्त, २९ सय नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । आज ५ हजार १४७ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या ५ लाख ३६...
-
२०७८ जेठ २९, शनिबार
मनसुन भित्रियो, आज देशका अधिकांश ठाउँमा वर्षा
मनसुन भित्रिएसँगै हिजो साँझदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण पूर्वी नेपालबाट सुरु भएको मनसुन अब देशभर फैलिँदै गएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानांगले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पोहोरभन्दा धेरै पानी पर्ने बताए । प्रदेश १ को मध्य तथा...
-
२०७८ जेठ २७, बिहिबार
थप ३,७४९ जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।
-
२०७८ जेठ २५, मंगलबार
थपिए ५१५३ संक्रमित, थप १०८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा हजार ५ हजार १५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका १७ हजार ६७६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको भने ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...


