STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज केही स्थानमा भारी वर्षा हुने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १६, बुधबार

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा सोही प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षा हुने जनाएको छ ।

आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायुको  सक्रिय प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको जानकारी दिएको छ ।

भोलि देशभर बदली रही प्रदेश  १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा वर्षा हुन सक्ने छ । त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि पानी पर्ने छ । महाशाखाले भोलि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी तथा धेरै भारी वर्षा हुन सक्ने जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार पनि देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी तथा अति भारी भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

Categorized in स्वास्थ्य-मौसम