STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

५१ सय जना संक्रमण मुक्त, २९ सय नयाँ संक्रमित थपिए

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३१, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १० हजार ५२१ पुगेको छ ।

आज ५ हजार १४७ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । निको हुने दर ८७.८ प्रतिशत रहेको छ ।

नेपालमा थप ५३ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम