STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मनसुन भित्रियो, आज देशका अधिकांश ठाउँमा वर्षा

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २९, शनिबार

मनसुन भित्रिएसँगै हिजो साँझदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण पूर्वी नेपालबाट सुरु भएको मनसुन अब देशभर फैलिँदै गएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानांगले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पोहोरभन्दा धेरै पानी पर्ने बताए । प्रदेश १ को मध्य तथा हिमाली क्षेत्र, प्रदेश २ को पश्चिमी क्षेत्रमा भने सरदरभन्दा कम पानी पर्ने छ । पोहोर मनसुन फैलिएको झण्डै एक सातापछि मात्र वर्षा हुन थालेको थियो । तर, यसपल्ट सुरुदेखि नै पानी पर्न थालेको मौसमविद् प्रधानांगले बताए । उनले भने, ‘अरु प्रदेशको तुलनामा प्रदेश १ को तराई भूभाग र प्रदेश २ को पूर्वी क्षेत्रबाहेक देशका धेरैजसो भूभागमा मौसम प्रतिकूल रहने अनुमान छ ।'

यसैबीच यो वर्ष बाढी, पहिरो र डुबानबाट १८ लाखभन्दा बढी मानिस प्रभावित हुने भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिलोबाट १ लाख २० हजार अनुमान छ । गत वर्ष १५ लाख मानिस बाढी, पहिरो र डुबानबाट पीडित बनेका थिए । पोहोर पहिरोमा परी दुई सय ९६ जनाको मृत्यु भएको थियो भने ४३ जनालाई बाढीले बगाएको थियो ।

प्रायः पहिरोका कारण बर्सेनि मानवीय एवं भौतिक क्षति बढ्दै गएपछि छिमेकी भारतलगायतका मुलुकका अन्तरसरकारी निकायसँग समन्वय गरी पहिरोको पनि पूर्वानुमानको थालनी गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम