STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२७ सय संक्रमित थपिँदा ४ हजार निको भए

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ४, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा २७ सय ६८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा अहिलेसम्म पीसीआरमार्फत ६ लाख १७ हजार ९४७ र एन्टिजेन विधिमार्फत २४ हजार ८६१  जनामा कोरोना संक्रमण देखिए छ । आज देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ ।

आज ४ हजार २० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख ४९ हजार ५८२ पुगेको छ ।

आज थप ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजा ६४१ पुगेको छ ।

नेपालमा ९.६५ प्रतिशत सक्रिय संक्रमित रहँदा ८८.९५ प्रतिशत निको भएका छन् भने १.४० प्रतिशतले ज्यान गुमाएका छन् ।

Categorized in स्वास्थ्य-मौसम