STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७७ माघ १४, बुधबार

    आजबाट सातै प्रदेशमा कोरोना खोप अभियान

    काठमाडौं - सरकारले नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ।  यो अभियानआज बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ। ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य  असर देखा पर्न सक्छ। जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ। खोप लगाएको ठाउँमा दुख्न सक्छ। डाबर देखिन सक्छ। ती असर केही...

  • २०७७ माघ १३, मंगलबार

    बुधबारदेखि देशव्यापी कोरोनाविरुद्धको खोप अभियान, पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीलाई

    काठमाडौँ – सरकारले बुधबारदेखि देशव्यापी रूपमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू गर्दैछ । कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । जसमा टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पताल छन् । निर्देशक...

  • २०७७ माघ ७, बुधबार

    भारतले अनुदानमा दियाे १० लाख डोज कोरोनाविरुद्धको खोप

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए । मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे...

  • २०७७ माघ ५, सोमबार

    बेलायतबाट फर्किएका तीनजनामा कोरोनाकाे नयाँ 'भेरियन्ट' पुष्टि

    काठमाडाैं – बेलायतबाट नेपाल आएका तीन नेपाली नागरिकमा नयाँ 'भेरियन्ट'को कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका ६७ र ३२ वर्षीय दुई पुरुष र २८ वर्षीया महिलामा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बेलायतबाट नेपालमा आएका छजना नागरिकको नमुना संकलन गरेर परीक्षण गर्न २७ पुसमा विश्व स्वास्थ्य संगठनको हङकङस्थित...

  • २०७७ पौष २९, बुधबार

    रुसले नेपाललाई दुई करोड ५० लाख डोज कोरोना खोप दिने

    काठमाडौँ – रुसले कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशले प्रयोग गर्न थालिसकेका छन् । यो खोप ५० भन्दा बढी...

  • २०७७ पौष २८, मंगलबार

    वीर अस्पतालका ३ सय कर्मचारीको तलब राेक्का

    काठमाडाैं – वीर अस्पतालले हाजिर नगर्ने ३ सय कर्मचारीको तलब रोकेको छ । डाक्टर, नर्स र अन्य कर्मचारीले नियमित हाजिर नगरेको पाइएपछि अस्पतालले तलब रोकेको हो । ‘रुजु गर्दा करिब ३ सयको कर्मचारीले हाजिर पूर्णरूपमा नगरेको देखियो,’ नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले भने, ‘हाजिर नगर्ने कर्मचारीको तलब तत्कालका लागि रोकिएको हो ।’ नियमित काम गरिरहेकाको पनि हाजिर नदेखिएकाले छानबिन...

  • २०७७ पौष २२, बुधबार

    बालबालिकाको मानसिक स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको दावी

    कान्ति बाल अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा आज  एक कार्यक्रम बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भवनको उद्घाटन गर्नुभएको छ । नेपाल कै सबैभन्दा पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटनको क्रमका वक्ताहरुले बालबालिकाको मानसिक स्वास्थ्य समस्या समाधानमा नयाँ आयाम थपेको जिकिर गरेका छन् ।   कान्ति बाल अस्पतालको प्रांगणमा निर्माण गरिएको बालबालिका...

  • २०७७ पौष २२, बुधबार

    मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

    काठमाडौं – मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो । वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा...

  • २०७७ पौष २०, सोमबार

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले साेमबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । काठमाडाैं उपत्यकामा बिहान सिमसिम पानी परेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभरको मौसम बदली हुने र अन्य स्थानमा समेत वर्षाको सम्भावना छ ।  प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ...

  • २०७७ पौष १३, सोमबार

    बेलायतबाट फर्किएका ५ जनामा कोरोना संंक्रमण पुष्टि, ’नयाँ प्रजाति’ यकिन गरिने

    काठमाडौं – बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ’नयाँ प्रजाति’ को भाइरस हो वा होइन भन्ने यकिन गर्न नमुना बाहिर पठाउने तयारी गरिएकाे छ । अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेकाे इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) ले जनाएकाे छ । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन...

  • २०७७ पौष १, बुधबार

    पिसिआरमा बढी शुल्क लिने अस्पताल कारबाहीमा

    चितवन – नेपाल सरकारले निर्धारण गरेको भन्दा बढी पिसिआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले दुई हजार रुपैयाँ पिसिआर शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पतालविरुद्ध गुनासो दर्ता भएको थियो। प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि...

  • २०७७ पौष १, बुधबार

    देशभर चिसो बढ्दो

    काठमाडौं – देशभर चिसो बढेको छ । चिसो अझै बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । गएको वर्षभन्दा यो वर्ष अझै चिसो हुन सक्ने मौसमविद् श्रेष्ठ बताउँछन् काठमाडौंमा अघिल्लो वर्ष पुस १ गतेको तुलनामा आज १ दशमलव ५ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । गएको वर्ष आजको दिन काठमाडौंको...

Pages