STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७८ बैशाख १२, आइतबार

    थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र १४९८ जना संक्रमित

    पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप २८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी...

  • २०७८ बैशाख ११, शनिबार

    थपिए २६१८ संक्रमित

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । आज ७ हजार ५२५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६ महिला र १ हजार ४८० पुरुष गरी २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनाको...

  • २०७८ बैशाख १०, शुक्रबार

    मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका कोरोना हटस्पट बन्दै

    भक्तपुरका चार नगरपालिकामध्ये दुई नगरमा कोरोना भाइरस संक्रमणका दृष्टिले हटस्पट बन्ने खतरा बनेका छन्। मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका कोरोना भाइरस संक्रमण हटस्पट भन्ने दिशातिर अघि बढेका हुन्। स्वास्थ्य कार्यालय भक्तपुरकाअनुसार पछिल्लो समय मध्यपुर थिमि र सूर्यविनायक नपाका कोरोना भाइरस संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ। कार्यालय प्रमुख कृष्ण मिजारले संक्रमण नियन्त्रण र व्यवस्थापनमा कडाइ...

  • २०७८ बैशाख ९, बिहिबार

    थपिए २४ सय २८ कोरोना संक्रमित, काठमाडौंमा मात्र ९८७ जना

    नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दश हजार १ नमूनाको पिसिआर परीक्षण र ४४७  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा...

  • २०७८ बैशाख ८, बुधबार

    उपत्यकाका १०५१ सहित देशभर थपिए २३५१ संक्रमित

    काठमाडौं उपत्यकामा १ हजार ५१ जनासहित नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ । उनका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५१ जनामा संक्रमण देखिएको छ । आज ललितपुरमा १८१, भक्तपुरमा ८४ र काठमाडौंमा ७८६ जनामा कोरोना देखिएको छ । ८ हजार ८४४ पीसीआर गर्दा २ हजार २२० र ८०३ एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए...

  • २०७८ बैशाख ७, मंगलबार

    थपिए १७३६ जना संक्रमित, १९३ जना बालबालिकामात्रै

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये १ सय ९३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ वर्षमुनिका ४३ र १० देखि १९ वर्ष उमेर समूहका १ सय ५० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा धेरै काठमाडौंमा ५५० जनालाई कोरोना देखिएको छ । त्यसपछि बाँकेमा २६९, ललितपुर र रूपन्देहीमा १०५/...

  • २०७८ बैशाख ६, सोमबार

    काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै देशभर थप १ हजार २ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

  • २०७८ बैशाख ६, सोमबार

    आजबाट दाेस्राे चरणकाे खाेप दिइने : कसले कुन दिन खाेप लगाउने थाहा पाउनुस्

    काठमाडौं - सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिबलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई...

  • २०७८ बैशाख ५, आइतबार

    एकैदिन १०९६ जनामा कोरोना संक्रमण, ११२ जना बालबालिकामात्र

    नेपालमा एकैदिन १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यी मध्ये १ सय १२ बालबालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । १९ वर्ष मुनिका १ सय १२ मध्ये ९ वर्षसम्मका २१ र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा संक्रमण भएको भेटिएको हो । यसअघि शनिबार ९१ बालबालिकामा कोरोना पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको...

  • २०७८ बैशाख ५, आइतबार

    वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    काठमाडौँ - सरकारले यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको...

  • २०७८ बैशाख २, बिहिबार

    कोरोना संक्रमण : काठमाडौं उपत्यकासहित १४ जिल्ला अति प्रभावित क्षेत्र

    काठमाडौँ - काठमाडौं उपत्यकाका तीन सहित १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको...

  • २०७८ बैशाख १, बुधबार

    थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै  २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७३,...

Pages