STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन १०९६ जनामा कोरोना संक्रमण, ११२ जना बालबालिकामात्र

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ५, आइतबार

नेपालमा एकैदिन १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यी मध्ये १ सय १२ बालबालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

१९ वर्ष मुनिका १ सय १२ मध्ये ९ वर्षसम्मका २१ र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा संक्रमण भएको भेटिएको हो । यसअघि शनिबार ९१ बालबालिकामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार ५०८४ पीसीआर परीक्षण गर्दा १०१५ र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना कोरोना संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंका ३२६ जना रहेका छन् । यस्तै, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६२९० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किँएका छन् भने चार जना संक्रमितको मृत्यु भएको छ ।

 

Categorized in स्वास्थ्य-मौसम