STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए २६१८ संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ११, शनिबार

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज ७ हजार ५२५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६ महिला र १ हजार ४८० पुरुष गरी २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ ।

१ हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । सरकारले एन्टिजेन परीक्षण सीमा नाकाबाट प्रवेश गर्ने शंकास्पद व्यक्तिमा गर्दै आएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । यीमध्ये १६ हजार ८२८ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा आज ३६८ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै ३ हजार १३६ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम