STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७७ माघ २९, बिहिबार

    कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, पीसीआर परीक्षण शुल्क एकहजार मात्र

    काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि सरकारी अस्पताललाई मात्र कोरोना उपचार अस्पतालका रुपमा तोकिएको जनाएको छ । मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोना सङ्क्रमितको उपचारका लागि बुधबारदेखि लागु हुने गरी सरकारी अस्पतालहरूलाई मात्र कोरोना सङ्क्रमणको उपचार अस्पतालका रुपमा तोकी सेवा प्रवाहको व्यवस्था गरिएको जानकारी दिए। उनले यस अघि कोभिड अस्पतालका...

  • २०७७ माघ २८, बुधबार

    पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं  – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भूभागमा विहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा...

  • २०७७ माघ २६, सोमबार

    हास्य कलाकार रेवन्तलाल पनि गायनमा

    नेपालभाषाको लोकप्रिय टिभि प्रोग्राम  "समयबजि" लगायत रङ्गमन्च मा धेरै  कार्यक्रमहरु मार्फत हास्य अभिनयमा ख्याति कमाउनु भएका लोकप्रिय कलाकार रेवन्तलाल श्रेष्ठले अब गायकका रुपमा पनि आफ्नो कलायात्रा अगाडि बढाएका छन् । कलाकार श्रेष्ठको स्वर रहेको" ह्याउँ ख्वाः मिसा " ( रातोपिरो अनुहार कि महिला) बोलको गीतको म्युजिक भिडियोकाे हालै एक समारोहमा सार्वजनिक गरिएको छ । धेरै लामो समयदेखि संगीत क्षेत्रमा जीवन...

  • २०७७ माघ २६, सोमबार

    दक्षिण अफ्रिकाले लगाएकाे काेराेनाविरुद्धकाे खोप लगाउन रोक

    दक्षिण अफ्रिकाले अक्सफोर्ड र एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको ’निराशाजनक’ नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ ।...

  • २०७७ माघ २६, सोमबार

    आजदेखि पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई काेराेनाविरुद्धकाे खाेप

    सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई दिन सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिने जनाएको छ ।  भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये पहिलो चरणमा एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको...

  • २०७७ माघ २४, शनिबार

    जीवनशैली परिर्वतन गर्न सके हृदय रोगको जोखिम कम हुने चिकित्सकहरुको दावी

    ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर  आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर अभियानको क्रममा गत साता नशा तथा हाडजोर्नी परीक्षण गरिएकोमा यस पटक मुटुको परीक्षण गरिएको थियो ।   उच्चरक्त चाप र मधुमेह गर्दा   हृदय रोगीहरुको संख्या बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै चिकित्सकहरुले जीवनशैलीमा परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार बुबहालमा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरमा  ह्रृदय...

  • २०७७ माघ १८, आइतबार

    ललितपुरमा निशुल्क स्वास्थ्य शिविरको अभियान आरम्भ

    आफ्नो वडाको सरसफाई देखि लिएर विकास निर्माणमा अग्रसरता देखाउँदै आएको  ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर शनिबार एउटा बृहत स्वास्थ्य शिविर अारम्भ गरेको  छ । सो बृहत निशुल्क स्वास्थ्य शिविरमा १ सय ३० जनाको स्वास्थ्य परीक्षण गरिएको कुरा वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताए  । शनिबार मंगलबजारस्थित महारानी पोखरी परिसरमा  आयोजना गरिएको  सो शिविरमा नशा तथा हाडजोर्नी सम्बन्धी समस्या...

  • २०७७ माघ १४, बुधबार

    आजबाट सातै प्रदेशमा कोरोना खोप अभियान

    काठमाडौं - सरकारले नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ।  यो अभियानआज बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ। ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य  असर देखा पर्न सक्छ। जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ। खोप लगाएको ठाउँमा दुख्न सक्छ। डाबर देखिन सक्छ। ती असर केही...

  • २०७७ माघ १३, मंगलबार

    बुधबारदेखि देशव्यापी कोरोनाविरुद्धको खोप अभियान, पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीलाई

    काठमाडौँ – सरकारले बुधबारदेखि देशव्यापी रूपमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू गर्दैछ । कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । जसमा टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पताल छन् । निर्देशक...

  • २०७७ माघ ७, बुधबार

    भारतले अनुदानमा दियाे १० लाख डोज कोरोनाविरुद्धको खोप

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए । मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे...

  • २०७७ माघ ५, सोमबार

    बेलायतबाट फर्किएका तीनजनामा कोरोनाकाे नयाँ 'भेरियन्ट' पुष्टि

    काठमाडाैं – बेलायतबाट नेपाल आएका तीन नेपाली नागरिकमा नयाँ 'भेरियन्ट'को कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका ६७ र ३२ वर्षीय दुई पुरुष र २८ वर्षीया महिलामा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बेलायतबाट नेपालमा आएका छजना नागरिकको नमुना संकलन गरेर परीक्षण गर्न २७ पुसमा विश्व स्वास्थ्य संगठनको हङकङस्थित...

  • २०७७ पौष २९, बुधबार

    रुसले नेपाललाई दुई करोड ५० लाख डोज कोरोना खोप दिने

    काठमाडौँ – रुसले कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशले प्रयोग गर्न थालिसकेका छन् । यो खोप ५० भन्दा बढी...

Pages