STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेलायतबाट फर्किएका तीनजनामा कोरोनाकाे नयाँ 'भेरियन्ट' पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ५, सोमबार

काठमाडाैं – बेलायतबाट नेपाल आएका तीन नेपाली नागरिकमा नयाँ 'भेरियन्ट'को कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका ६७ र ३२ वर्षीय दुई पुरुष र २८ वर्षीया महिलामा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बेलायतबाट नेपालमा आएका छजना नागरिकको नमुना संकलन गरेर परीक्षण गर्न २७ पुसमा विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । ६ जनामध्ये तीन जनामा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएको हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ देखिए पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Categorized in स्वास्थ्य-मौसम