STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुरमा निशुल्क स्वास्थ्य शिविरको अभियान आरम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ १८, आइतबार

आफ्नो वडाको सरसफाई देखि लिएर विकास निर्माणमा अग्रसरता देखाउँदै आएको  ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर शनिबार एउटा बृहत स्वास्थ्य शिविर अारम्भ गरेको  छ । सो बृहत निशुल्क स्वास्थ्य शिविरमा १ सय ३० जनाको स्वास्थ्य परीक्षण गरिएको कुरा वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताए  ।

शनिबार मंगलबजारस्थित महारानी पोखरी परिसरमा  आयोजना गरिएको  सो शिविरमा नशा तथा हाडजोर्नी सम्बन्धी समस्या बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । वरिष्ठ नशा रोग सम्बन्धी विशेषज्ञ डा. सर्वोत्तम श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको टोलीले चार घण्टामा सो संख्यामा स्वास्थ्य परीक्षण गरिएको वडा कार्यालयले जनाएको छ ।

परीक्षण गरिएका व्यक्तिहरुमध्ये ६० जनाको नशा र ७० जनाको हाडजोर्नी सम्बन्धी समस्या देखिएको छ । नशा तथा हाडजोर्नी सम्बन्धी समस्या भएका व्यक्तिहरुको औसत उमेर ५० वर्ष भन्दा माथिको रहेको अरनिको समाजका महासचिव डा. सुशील प्रजापतिले बताउनुभयो ।

सो शिविरमा परिक्षणका साथसाथै बिरामीहरुलाई औषधी पनि निशुल्क वितरण गरिएको थियो भने शिविरमा १६   वडाको धौगल र महापालका स्वास्थ्य कार्यान्वयन समितिका स्वयं सेवीहरुले शिविरको व्यवस्थापन सहयोग गरेका थिए  । 

स्वास्थ्य सेवामा सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले फागुण २२ गते शनिबारसम्म अभियानकैै रुपमा लगातार स्वास्थ्य शिविरको अायोजना गर्न लागेको कुरा वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए । कुनै पनि    महानगपालिका क्षेत्रमा लगातार स्वास्थ्य शिविर आयोजना गरिएको यो नै पहिलो पटक रहेको छ भने यसै क्रममा आगामी शनिबार माघ २४ गते बुबहाल र गाबहालमा मुटु रोग सम्बन्धी शिविर सञ्चालन हुने भएको छ ।

त्यसैगरी फागुण १ गते बालिफल (अशोक हलमा) बाल तथा छाला रोग सम्बन्धी शिविर, फागुण ८ गते नागबहालमा स्त्रीरोग सम्बन्धी शिविर, फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर, फागुण २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी शिविर सञ्चालन हुने छ । यस स्वास्थ्य शिविर का सहअायोजक अरनिको समाजका अनुसार स्त्री रोग सम्बन्धी जाँचमा ४५ वर्ष भन्दा माथिका महिलाहरुको पायस्प्समेर निशुल्क परीक्षण गरिने छ भने वडाले  सो   सम्बन्धित  समस्या भएकाहरुले लाभ उठाउन अनुरोध गरेको छ   ।

Categorized in स्वास्थ्य-मौसम