STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २८, बुधबार

काठमाडौं  – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भूभागमा विहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बिहीबार पहाडी भूभागमा आँशिक बदली रही बाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार देशभर आ‌ंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Categorized in स्वास्थ्य-मौसम