STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दक्षिण अफ्रिकाले लगाएकाे काेराेनाविरुद्धकाे खोप लगाउन रोक

Janjati Khabar – एजेन्सी | २०७७ माघ २६, सोमबार

दक्षिण अफ्रिकाले अक्सफोर्ड र एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ ।

एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको ’निराशाजनक’ नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा स्वरूपबाट प्रभावित रहेको पाइएको छ ।

दुई हजारभन्दा धेरै मानिसमा गरिएको अध्ययनले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपको प्रभावकारिता नभएको पुष्टि गरेको खबरमा उल्लेख छ । दक्षिण अफ्रिकाले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको १० लाख डोज प्राप्त गरिसकेको थियो । खोप अभियान सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला प्रभावकारितामाथि प्रश्न उठेपछि खोप लगाउनै रोक लगाइएको हो ।

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रालयले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे अझ प्रतीक्षा गर्ने जनायो ।

अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेकाले गम्भीर लक्षणको जोखिममा रहेको जनसङ्ख्यालाई त्यसले प्रतिनिधित्व नगर्ने जनाइएको छ ।

अक्सफोर्डकी अग्रणी खोप विकासकर्ताहरुले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिएका छन् । खोप विकासकर्ताहरूले दक्षिण अफ्रिकाको देखिएको कोरोनाको नयाँ प्रकारविरुद्ध अहिलेको खोपमा परिमार्जन गर्न सक्ने बताएका छन् ।

Categorized in स्वास्थ्य-मौसम