स्वास्थ्य-मौसम
-
२०७८ बैशाख १, बुधबार
काेराेनाको उच्च जोखिममा बालबालिका, एकैदिन ५२ बालबालिकामा संक्रमण
काठमाडौं, वैशाख १ - पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ५२ जना बालबालिका छन् । ६ सय ३ जना मध्ये १७ वर्षमुनिका ५२ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यस्तै अस्पताल भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका छन् । मंगलबार पनि ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएकाले...
-
२०७७ चैत्र ३१, मंगलबार
दाेस्राे चरणकाे खाेप वैशाख ७ गतेदेखि
काठमाडौँ - पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले...
-
२०७७ चैत्र ३१, मंगलबार
साेमबारमात्र पाँच सयबढीमा संक्रमण, काठमाडौंमा १५९ संक्रमित थपिए
काठमाडौं - नेपालमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार मात्र ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो। लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार...
-
२०७७ चैत्र २७, शुक्रबार
२५ भन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल,...
-
२०७७ चैत्र २५, बुधबार
चीनले अनुदानमा दिएको खोप आज यी स्थानमा लगाइँदै
काठमाडौँ - चीनले अनुदानमा दिएको खोप आजदेखि लगाइने भएको छ । यो खोप चीनमा छात्रवृत्तिमा पढ्ने विद्यार्थी, चीनमा पढ्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई लगाउने तयारी छ । सरकारले काठमाण्डौ उपत्यकाका १४ वटा...
-
२०७७ चैत्र २४, मंगलबार
वायु प्रदूषण फेरि बढ्याे : बाहिर ननिस्कन सुझाव
काठमाडौं - काठमाडौं सहित देशभर वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन...
-
२०७७ चैत्र २२, आइतबार
युवक बौद्ध मण्डलको निःशुल्क आँखाजाँच शिविर
काठमाडौं – युवक बौद्ध मण्डल नेपालको आयोजनामा मण्डलको भवन परिसरमा शनिबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । आँखा अस्पतालका प्राविधिक सहयोगमा सम्पन्न सो शिविरमा अनुभवी चिकित्सकहरुले २ सय ८७ जनाको आँखा जाँच गरेका थिए । तीमध्ये मोतियाबिन्दु देखिएका १० जनाको शल्यक्रिया आँखा अस्पताल त्रिपुरेशवरमा गरिने युवक बौद्ध मण्डल, स्वास्थ्य उपसमितिका संयोजक हेमरत्न वज्राचार्यले जानकारी दिएका छन् । समाजसेवी...
-
२०७७ चैत्र २२, आइतबार
भारतबाट फर्केका संक्रमितमा कोरोनाको नयाँ ‘भेरियन्ट’ देखियो
काठमाडाैं - भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए । 'शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ', उनले भने, 'नतिजामा...
-
२०७७ चैत्र १८, बुधबार
नेपालको वायुमण्डलमा आज केही सुधार
काठमाडाैं - नेपालको वायुमण्डलमा आज केही सुधार देखिएको छ । यसले गर्दा काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढ्ने मौसमविद्ले बताएका छन् । भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ । तर, वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । ‘आज केही सुधार देखिएको छ तर, भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेको छ...
-
२०७७ चैत्र १७, मंगलबार
मौसममा तत्काल सुधार नदेखिने
काठमाडाैं - जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ । हाल...
-
२०७७ चैत्र ११, बुधबार
होली पर्व घरमै मनाउन अपील
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र...
-
२०७७ चैत्र ८, आइतबार
भारतमा संक्रमित बढेसँगै नेपालमा सतर्कता बढाउन आग्रह
काठमाडौँ - भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । नेपालमा समेत संक्रमण बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, र्याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड...


