STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७७ मङ्सिर २, मंगलबार

    हुम्लामा हिमपात, चिसो ह्वात्तै बढ्यो

    हुम्ला – हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी...

  • २०७७ कार्तिक १२, बुधबार

    आयुर्वेदिक सेवामा आकर्षण

    पाँचथर – सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा लिने मौका पाएका हुन् । सदरमुकाम फिदिमबाट सेवा सुरुआत् भएपछि दैनिक औसत २० सेवाग्राहीले आयुर्वेदिक सेवा लिन थालेका छन् । विशेषतः...

  • २०७७ आश्विन २९, बिहिबार

    भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया सुरु

    भक्तपुर – देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । राणा प्रधानमन्त्री...

  • २०७७ आश्विन २८, बुधबार

    मनमोहन मेमोरियल अस्पतालमा पिसिआर सेवा सुरु

    काठमाडौं – काठमाडौं स्वयम्भू चक्रपथस्थित मनमोहन मेमोरियल अस्पतालले कोरोना भाइरसको पिसिआर परक्षिण कार्य सुरु गरेको छ । सांसद् राजेन्द्र पाण्डे र स्वास्थ्यकर्मीहरुले पिसिआर परीक्षण कार्यको उद्घाटन गरेका थिए । काठमाडौंमा दिनहुँ कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेकोले सर्वसाधारणलाई सुविधा दिन पिसिआर परीक्षण थालेको अस्पताल स्रोतले जनाएको छ । अस्पताल आउन नसक्ने सर्वसाधारणलाई पनि ध्यानमा राखेर घर–घरमै...

  • २०७७ आश्विन २७, मंगलबार

    अब मनमोहन मेमोरियल अस्पतालमा पनि पिसिआर परीक्षण

    काठमाडांै – काठमाडौं स्वयम्भू चक्रपस्थित मनमोहन मेमोरियल अस्पतालले पिसिआर परीक्षण थालेको छ । काठमाडौंमा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरु बढिरहेको अवस्थामा सर्वसाधारणलाई सुविधा दिन पिसिआर परीक्षण थालेको डा. मनोजमान श्रेष्ठले जनजातिखबर संवाददातालाई बताएका छन् । डा. श्रेष्ठले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै अस्पतालसम्म आउन नसक्नेलाई घरमै पुगेर स्वाब संकलन गरिरहेको पनि जानकारी दिएका...

  • २०७७ आश्विन २५, आइतबार

    ‘टन्सिलले निम्त्याउन सक्छ मुटुरोग’

    काठमाडौँ – घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्  । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्नुहुन्छ । डा...

  • २०७७ आश्विन १७, शनिबार

    नेपालमै बन्दैछ कोरोनाको औषधि

    काठमाडौँ – कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड...

  • २०७७ आश्विन १६, शुक्रबार

    विभिन्न रोगहरुबाट मुक्ति दिने लसुन

    लसुन नेपाली भान्सामा नभइ नहुने मसला मध्ये एक हो । विशेषगरि मसलाका रुपमा प्रयोग गरिने भएपनि लसुनलाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । लसुन स्वास्थ्यका लागि राम्रो मानिन्छ । हामीलाई विभिन्न रोगहरुबाट मुक्त पनि लसुनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । त्यसैले बिहान सबेरै खाली पेटमा लसुन खानाले सबैभन्दा धेरै फाइदा हुन्छ । खाली पेटमा लसुना खाँदा...

  • २०७७ आश्विन १६, शुक्रबार

    गुणीलो अदुवा पानी

    अदुवा, यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ।  अदूवाको एउटा सानो टुक्रालाई लिएर राम्रोसँग पिस्ने अनि एउटा भाँडोमा पानी राखेर उमाल्नुस र यसमा अदुवा हालेर उमाल्ने । अनि, यसलाई छान्नुपर्छ र मनतातो बनाएर अदुवा पानी पिउनुपर्छ । यसले रुघा, खोकीका ठिक हुनुका साथै राम्रो पाचनका लागि पनि उपयोगी हुन्छ  । साथै यसले...

  • २०७७ आश्विन १६, शुक्रबार

    स्वास्थ्यवर्धक फल अमला

    अमलालाई पोषक तत्वहरुको राजा रुपमा लिइन्छ । अमलामा  मिनरल्स र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई स्वास्थ्य राख्न मात्र होइन विभिन्न रोगबाट समेत बचाउँछ । अमलालाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । यसलाई काँचै खान सकिन्छ । यस्तै, अमलाको जुस, अचार वा जाम बनाएर पनि प्रयोग गर्न सकिन्छ ।  अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । बूढोपन...

Pages