STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युवक बौद्ध मण्डलको निःशुल्क आँखाजाँच शिविर

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २२, आइतबार

काठमाडौं – युवक बौद्ध मण्डल नेपालको आयोजनामा मण्डलको भवन परिसरमा शनिबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

आँखा अस्पतालका प्राविधिक सहयोगमा सम्पन्न सो शिविरमा अनुभवी चिकित्सकहरुले २ सय ८७ जनाको आँखा जाँच गरेका थिए । तीमध्ये मोतियाबिन्दु देखिएका १० जनाको शल्यक्रिया आँखा अस्पताल त्रिपुरेशवरमा गरिने युवक बौद्ध मण्डल, स्वास्थ्य उपसमितिका संयोजक हेमरत्न वज्राचार्यले जानकारी दिएका छन् ।

समाजसेवी मोतिशान्ति शाक्यको संयोजकत्वमा सम्पन्न सो शिविरमा उपचार गराएकाहरुले यसलाई उदाहरणीय शिविर भएको बताए । युवक बौद्ध मण्डलबाट स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय धार्मिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र सेवामूलक कार्यक्रमहरु भइरहेको जनाउँदै अध्यक्ष अरणीतारा वज्राचार्यले सो शिविर सम्पन्न गराउन सहयोग गर्ने वरिष्ठ चिकित्सहरुलगायतलाई धन्यवाद दिएका थिए ।

शिविरमा इच्छुकहरुले मरणोपरान्त आँखादान र छालादान पनि गरेका थिए । आँखा र छालादानको संयोजन नेपाल आई डोनेशन सोसाइटी र नेपाल बर्न फाउण्डेशनले गरेको आयोजक संस्थाले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम