STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काेराेनाको उच्च जोखिममा बालबालिका, एकैदिन ५२ बालबालिकामा संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १, बुधबार

काठमाडौं, वैशाख १ - पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ५२ जना बालबालिका छन् ।

६ सय ३ जना मध्ये १७ वर्षमुनिका ५२ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै अस्पताल भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका छन् ।

मंगलबार पनि ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएकाले नेपालमा कोरोना जोखिम अत्यन्तै संवेदनशील अवस्थामा पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. पौडेलले कम उमेरमा सङ्क्रमण पुष्टि र अस्पताल भर्ना हुने दर दुवै बढेकोले स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा पुग्नेमा चिन्ता व्यक्त गरे ।

नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरस बेलायत र भारतमा देखिएका नयाँ भेरिएन्ट पनि रहेको भन्दै पौडेलले देखा परेका भेरिएन्ट बढि संक्रामक र जोखिमपूर्ण रहेको बताए । नयाँ भेरिएन्टले कम उमेर समूहकालाई समेत गम्भीर अवस्थामा पुर्याउन सक्ने भएकाले थप सावधानी अपनाउन उनले आग्रह गरे ।

अहिले विद्यालय र सार्वजनिक यातायातमा बढी जोखिम देखिएको छ ।

Categorized in स्वास्थ्य-मौसम