STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७७ पौष २८, मंगलबार

    वीर अस्पतालका ३ सय कर्मचारीको तलब राेक्का

    काठमाडाैं – वीर अस्पतालले हाजिर नगर्ने ३ सय कर्मचारीको तलब रोकेको छ । डाक्टर, नर्स र अन्य कर्मचारीले नियमित हाजिर नगरेको पाइएपछि अस्पतालले तलब रोकेको हो । ‘रुजु गर्दा करिब ३ सयको कर्मचारीले हाजिर पूर्णरूपमा नगरेको देखियो,’ नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले भने, ‘हाजिर नगर्ने कर्मचारीको तलब तत्कालका लागि रोकिएको हो ।’ नियमित काम गरिरहेकाको पनि हाजिर नदेखिएकाले छानबिन...

  • २०७७ पौष २२, बुधबार

    बालबालिकाको मानसिक स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको दावी

    कान्ति बाल अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा आज  एक कार्यक्रम बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भवनको उद्घाटन गर्नुभएको छ । नेपाल कै सबैभन्दा पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटनको क्रमका वक्ताहरुले बालबालिकाको मानसिक स्वास्थ्य समस्या समाधानमा नयाँ आयाम थपेको जिकिर गरेका छन् ।   कान्ति बाल अस्पतालको प्रांगणमा निर्माण गरिएको बालबालिका...

  • २०७७ पौष २२, बुधबार

    मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

    काठमाडौं – मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो । वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा...

  • २०७७ पौष २०, सोमबार

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले साेमबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । काठमाडाैं उपत्यकामा बिहान सिमसिम पानी परेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभरको मौसम बदली हुने र अन्य स्थानमा समेत वर्षाको सम्भावना छ ।  प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ...

  • २०७७ पौष १३, सोमबार

    बेलायतबाट फर्किएका ५ जनामा कोरोना संंक्रमण पुष्टि, ’नयाँ प्रजाति’ यकिन गरिने

    काठमाडौं – बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ’नयाँ प्रजाति’ को भाइरस हो वा होइन भन्ने यकिन गर्न नमुना बाहिर पठाउने तयारी गरिएकाे छ । अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेकाे इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) ले जनाएकाे छ । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन...

  • २०७७ पौष १, बुधबार

    पिसिआरमा बढी शुल्क लिने अस्पताल कारबाहीमा

    चितवन – नेपाल सरकारले निर्धारण गरेको भन्दा बढी पिसिआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले दुई हजार रुपैयाँ पिसिआर शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पतालविरुद्ध गुनासो दर्ता भएको थियो। प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि...

  • २०७७ पौष १, बुधबार

    देशभर चिसो बढ्दो

    काठमाडौं – देशभर चिसो बढेको छ । चिसो अझै बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । गएको वर्षभन्दा यो वर्ष अझै चिसो हुन सक्ने मौसमविद् श्रेष्ठ बताउँछन् काठमाडौंमा अघिल्लो वर्ष पुस १ गतेको तुलनामा आज १ दशमलव ५ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । गएको वर्ष आजको दिन काठमाडौंको...

  • २०७७ मङ्सिर २, मंगलबार

    हुम्लामा हिमपात, चिसो ह्वात्तै बढ्यो

    हुम्ला – हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी...

  • २०७७ कार्तिक १२, बुधबार

    आयुर्वेदिक सेवामा आकर्षण

    पाँचथर – सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा लिने मौका पाएका हुन् । सदरमुकाम फिदिमबाट सेवा सुरुआत् भएपछि दैनिक औसत २० सेवाग्राहीले आयुर्वेदिक सेवा लिन थालेका छन् । विशेषतः...

  • २०७७ आश्विन २९, बिहिबार

    भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया सुरु

    भक्तपुर – देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । राणा प्रधानमन्त्री...

  • २०७७ आश्विन २८, बुधबार

    मनमोहन मेमोरियल अस्पतालमा पिसिआर सेवा सुरु

    काठमाडौं – काठमाडौं स्वयम्भू चक्रपथस्थित मनमोहन मेमोरियल अस्पतालले कोरोना भाइरसको पिसिआर परक्षिण कार्य सुरु गरेको छ । सांसद् राजेन्द्र पाण्डे र स्वास्थ्यकर्मीहरुले पिसिआर परीक्षण कार्यको उद्घाटन गरेका थिए । काठमाडौंमा दिनहुँ कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेकोले सर्वसाधारणलाई सुविधा दिन पिसिआर परीक्षण थालेको अस्पताल स्रोतले जनाएको छ । अस्पताल आउन नसक्ने सर्वसाधारणलाई पनि ध्यानमा राखेर घर–घरमै...

  • २०७७ आश्विन २७, मंगलबार

    अब मनमोहन मेमोरियल अस्पतालमा पनि पिसिआर परीक्षण

    काठमाडांै – काठमाडौं स्वयम्भू चक्रपस्थित मनमोहन मेमोरियल अस्पतालले पिसिआर परीक्षण थालेको छ । काठमाडौंमा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरु बढिरहेको अवस्थामा सर्वसाधारणलाई सुविधा दिन पिसिआर परीक्षण थालेको डा. मनोजमान श्रेष्ठले जनजातिखबर संवाददातालाई बताएका छन् । डा. श्रेष्ठले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै अस्पतालसम्म आउन नसक्नेलाई घरमै पुगेर स्वाब संकलन गरिरहेको पनि जानकारी दिएका...

Pages