STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेलायतबाट फर्किएका ५ जनामा कोरोना संंक्रमण पुष्टि, ’नयाँ प्रजाति’ यकिन गरिने

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १३, सोमबार

काठमाडौं – बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ’नयाँ प्रजाति’ को भाइरस हो वा होइन भन्ने यकिन गर्न नमुना बाहिर पठाउने तयारी गरिएकाे छ ।

अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेकाे इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) ले जनाएकाे छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो । यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो र उनीहरूको रिपोर्ट पोजेटिभ आएको हाे ।

नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्ने इडिसिडीका निर्देशक वासुदेव पाण्डेले बताए ।

Categorized in स्वास्थ्य-मौसम