STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अब मनमोहन मेमोरियल अस्पतालमा पनि पिसिआर परीक्षण

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन २७, मंगलबार

काठमाडांै – काठमाडौं स्वयम्भू चक्रपस्थित मनमोहन मेमोरियल अस्पतालले पिसिआर परीक्षण थालेको छ । काठमाडौंमा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरु बढिरहेको अवस्थामा सर्वसाधारणलाई सुविधा दिन पिसिआर परीक्षण थालेको डा. मनोजमान श्रेष्ठले जनजातिखबर संवाददातालाई बताएका छन् ।

डा. श्रेष्ठले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै अस्पतालसम्म आउन नसक्नेलाई घरमै पुगेर स्वाब संकलन गरिरहेको पनि जानकारी दिएका छन् ।

मनमोहन मेमोरियल अस्पतालले आधुनिक उपकरणबाट पिसिआर परीक्षणको औपचारिक सुरुवात भने मंगलबारदेखि गर्ने भएको छ । 

औपचारिक सुरुवात सांसद राजेन्द्र पाण्डेले गर्ने पनि डा. श्रेष्ठले जानकारी दिएका छन् ।

 

Categorized in स्वास्थ्य-मौसम