STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मनमोहन मेमोरियल अस्पतालमा पिसिआर सेवा सुरु

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन २८, बुधबार

काठमाडौं – काठमाडौं स्वयम्भू चक्रपथस्थित मनमोहन मेमोरियल अस्पतालले कोरोना भाइरसको पिसिआर परक्षिण कार्य सुरु गरेको छ ।

सांसद् राजेन्द्र पाण्डे र स्वास्थ्यकर्मीहरुले पिसिआर परीक्षण कार्यको उद्घाटन गरेका थिए । काठमाडौंमा दिनहुँ कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेकोले सर्वसाधारणलाई सुविधा दिन पिसिआर परीक्षण थालेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल आउन नसक्ने सर्वसाधारणलाई पनि ध्यानमा राखेर घर–घरमै पुगेर स्वाब संकलन गर्ने तयारी पनि अस्पतालले गर्दैछ ।

आधुनिक उपकरणबाट कम शुल्कमा पिसिआर हुने जानकारी पनि अस्पतालले दिएको छ ।

 

Categorized in स्वास्थ्य-मौसम