STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ९२७१ जना कोरोना संक्रमित, थप १३९ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।

पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ।  

सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।  पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित  संख्या ९३ हजार १४१ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम