STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

९ हजार बढीमा कोरोना संक्रमण, ५४ को मृत्यु, उपत्यकामा मात्र ३ हजार ९७२ जनामा संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २३, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ७० मा कोरोना संक्रमण पुष्टि भएको छ भने ५४ संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा बिहीबार ३ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३ हजार १६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा अहिलेसम्म १ लाख ३६ हाजर ४६७ जनामा कोरोना पुष्टि हुँदा २४ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ११ हजार १२६ संक्रमित निको भएका छन् । यहाँ ८०८ जनाको संक्रमणबाट निधन भएको मन्त्रालयको तथ्यांक छ ।

भक्तिपुरमा १२ हजार ८७१ जनामा कोरोना संक्रमण देखिएको छ भने ९ हजार ७६० निको भएका छन् । यहाँ २ हजार ९४५ सक्रिय संक्रमित छन् भने १६६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

ललितपरमा अहिलेसम्म २२ हजार ६५३ जनामा कोरोना देखिएको छ भने १७ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् । यहाँ ४ हजार ९७४ सक्रिय संक्रमित छन् भने २३० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज २० हजार ३६७ नमुनाको पीसीआर गर्दा ८ हजार ९७० जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, ७७५ एन्टिजेन गर्दा १०० जनाको रिपोर्ट पोजिटिभ आएको छ । आज २ हजार ७०७ जना संक्रमण मुक्त भएका छन् ।

कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । यीमध्ये ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् । २ लाख ९२ हजार ४९० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ३ हजार ५२९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम