STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विदेशबाट खोप ल्याउन कूटनीतिक पहल तीव्र

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २२, बुधबार

काठमाडौं - सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ ।

भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो ।

‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कहिले आइपुग्छ, अहिले यकिनका साथ भन्न सक्ने अवस्था छैन। ’

स्वास्थ्य मन्त्रालयमार्फत खोप खरिदका लागि छनोट गरिएको मुलुकमा रहेका कूटनीतिक नियोगमार्फत खरिद तथा अनुदानमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतहरूलाई सहजीकरण गर्न निर्देशन दिइएको परराष्ट्र स्रोतले बताएको छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा सक्रिय भएका छन्। यी तीन मुलुकका नेपालस्थित राजदूतलाई पनि सहजीकरणका लागि पहल गर्न भनिएको छ ।

Categorized in स्वास्थ्य-मौसम