STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ८४१८ जनामा कोरोना पुष्टि, थप ५३ जनाको संक्रमणबाट मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २५, शनिबार

पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्द सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

देशभर १७ हजार ३१५ जनाको पीसीआर गर्दा ८ हजार २८७ जनामा कोरोना संक्रमण देखिएको छ भने ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

थप ५३ जनाको संक्रमणबाट मृत्यु भएको छ । आज देशभर ८३ हजार ४९३ जना संक्रिय संक्रमित रहेका छन् ।

Categorized in स्वास्थ्य-मौसम