STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।

आज राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्वी भू-भागनजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाको भनाइ छ ।

अहिले प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चचिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

भोलि देशका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुने तथा कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । साथै भोलि राति प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बुधबार केही स्थानमा वर्षा हुने तथा सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

Categorized in स्वास्थ्य-मौसम