STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा प्रयाेग भइरहेकाे काेभिशिल्डलाई डब्लूएचओद्वारा आपत्‌कालीन प्रयाेगकाे लागि अनुमति

Janjati Khabar – एजेन्सी | २०७७ फाल्गुण ४, मंगलबार

नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ ।

डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर कोभिशिल्डसहित दुईवटा खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपछि सूचीकृत गरेको बताएको छ ।

डब्लुएचओले सूचीकृत गरेका खोप कोभ्याक्स सुविधामार्फत् वितरण गर्न योग्य हुन्छन् । कोभ्याक्स अन्तर्गत नेपालले यही महिनामा साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने सरकारले जनाएको छ ।

कोभिशिल्डको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने डब्ल्यूएचओले जनाएको छ । कोभ्याक्स सुविधाको खोपलाई समेत लक्षित गरेर सरकारले आउँदो २३ गतेबाट ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्ने तयारी गरेको छ ।

डब्ल्यूएचओले यसअघि नै फाइजर–बायोएनटेक खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

 

Categorized in स्वास्थ्य-मौसम